Monthly Archives: March 2013

अनलाइन आइकन

प्रदीप बस्याल 

पाँच महिनाअघि दीपेन्द्र केसी, २३, अमेरिकाको पि्रन्स्टन युनिभर्सिटीमा थिए। त्यहाँका डिनले एउटा सामूहिक बहसको मध्यस्थता गररिहेका थिए। बहसका लागि युनिभर्सिटीका प्राध्यापक, अनलाइन अध्ययन वेबसाइट कोर्सेराडटओआरजीका सहसंस्थापक र त्यहीँ

का एक विद्यार्थीसँगै दीपेन्द्रलाई निम्त्याइएको थियो।

विश्वविद्यालयका थुप्रै प्राध्यापक, टिचिङ् एसिस्टेन्ट (अध्यापन सहयोगी) एवं विद्यार्थीहरूले त्यो बहस निकै चाख लिएर सुने, प्रश्न-प्रतिप्रश्नहरू गरे। खासमा त्यो बहस ‘अनलाइन लर्निङ्’बारे थियो । एक उत्कृष्ट विद्यार्थीका हैसियतले काठमाडौँदेखि अमेरिकाको न्युजर्सीसम्म दीपेन्द्रको यात्रा तय भएको थियो।

नेपालबाटै ‘भर्चुअल’ कक्षा लिइरहेका उनले पि्रन्स्टनका केही कक्षामा प्रत्यक्ष सहभागी हुने अवसर मात्र पाएनन्, प्राध्यापककै आग्रहमा एउटा कक्षामा आफ्नो अनुभवसमेत सुनाए।

 एक वर्षअघि त्रिचन्द्र कलेजमा समाजशास्त्रमा स्नातक दोस्रो वर्ष अध्ययन गररिहेका दीपेन्द्रलाई कसैले अनलाइन कोर्सबारे सुनाएका रहेछन् । त्यसैले जन्माएको उत्सुकता अनुरूप कोर्सेराडटओआरजीमा पि्रन्स्टन युनिभर्सिटीको ‘समाजशास्त्रको परचिय’ अध्ययन सुरु गरिहाले।

विश्वका चर्चित विश्वविद्यालयले यस्ता थुप्रै कोर्स जोकोहीले निःशुल्क पढ्न मिल्ने गरी राख्छन्। केही विश्वविद्यालयले कोर्स सफलतापूर्वक सक्नेलाई प्रमाणपत्रसमेत दिन्छन्। भन्छन्, “धेरै हदसम्म यो आफ्ना लागि चाहिने ज्ञानका लागि हुन्छ।”

त्यो कोर्समा विश्वभरबाट ४० हजार विद्यार्थीले अध्ययन गररिहेका थिए। साताको कुनै एक दिन प्राध्यापकले अध्ययन सामग्री दिन्थे भने अर्को दिन भिडियो लेक्चर। त्यसबाहेक तिनै विद्यार्थीबीच चौबीसै घन्टा विभिन्न समूह बनाएर बहस चलिरहन्थ्यो, जसलाई विश्वविद्यालयको अध्यापन सहयोगीहरूले सघाउँथे।

एक दिन प्राध्यापकले आफूसँग सीधा सम्पर्कमा रहेर छलफल गर्ने अवसर सार्वजनिक गरे। इच्छुकले सहभागिताको कारणसहित इमेल लेख्नुपथ्र्यो। त्यसअघिको सक्रियताले पनि अवसरको सुनिश्चितता निर्धारण गथ्र्यो। ६ साताका लागि डिजाइन गरएिको उक्त अध्ययनमा ‘गुगल प्लस ह्याङ्आउट’ सुविधामार्फत विश्वभरका प्राध्यापकसहित ६ जना सहभागी हुन मिल्थ्यो। र, सहभागीहरू पनि तयारी र उत्सुकताका आधारमा सातैपिच्छे फेरिन्थे। दीपेन्द्र भाग्यमानी निस्के। उनले लगातार पढ्ने मौका पाए। भन्छन्, “त्यहाँ हामीले समाजशास्त्रलाई स्थानीय परिवेशका आधारमा छलफल गथ्र्यौं।” कोर्स सकिएपछि प्राध्यापकले उनलाई उत्कृष्ट विद्यार्थीका रूपमा अमेरिका जाने अवसर प्रदान गरे।

नेपालजस्तो विकासोन्मुख मुलुक, जहाँ दिनको आधा समय बिजुली हुँदैन, इन्टरनेटमा १३ प्रतिशतको मात्र पहुँच छ, त्यसमाथि इन्टरनेटको गति निकै सुस्त। यस्तो ठाउँबाट अनलाइन कोर्स पढेर दीपेन्द्र सफलताको त्यो हदसम्म पुगेको देखेर सबै दंग परे। विश्वविद्यालयले उनलाई उपहार स्वरूप अझै पढ्ने माहोल बनोस् भनेर आइप्याड उपहार दियो। उनलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरू दी न्युयोर्क टाइम्स र सीएनएनले समेत सामग्री तयार पारे।

अहिलेसम्म उनले त्यसबाहेक ‘सोसल नेटवर्क एनलाइसिस’, ‘इकोनोमिक फर म्यानेजर्स’, ‘मोडल थिंकिङ्’जस्ता कोर्स अनलाइनमै पढेर सकेका छन्। “विश्वका शीर्ष विश्वविद्यालयमा पढ्न चाहने सबैको इच्छा पूरा नहुन सक्छ तर अब त्यहाँको शैक्षिक सामग्रीबाट भने वञ्चित भइँदैन,” दीपेन्द्र सुनाउँछन्, “त्यसरी नै पढ्नेहरूको स-साना भर्चुअल गु्रपमा सहभागी भएर समेत कलेजको जस्तै अनुभव लिन सकिन्छ।”

पि्रन्स्टनमा गएसँगै उनको चर्चा भर्चुअल विद्यार्थीमाझ चुलिएको छ। विभिन्न देशका भर्चुअल गु्रपमा उनी अतिथि वक्ताका रूपमा निम्त्याइन्छन्। भन्छन्, “सम्बन्धलाई परिभाषित गर्ने मेरो सोचाइमा अहिले परविर्तन आइसकेको छ।”

कलेजमै पनि समाजशास्त्रलाई उनी स्वयंले हेर्ने शैली बदलेका छन्। “हामी सधैँ एकोहोरो सैद्धान्तिक कुराकै पछाडि लाग्छौँ तर समाजशास्त्रलाई निकै कम स्थानीयकरण गरेर हेर्छौं,” उनी भन्छन्, “दाङको थारू बस्ती र काठमाडौँको सम्पन्न बस्तीलाई एउटै सामाजिक संरचनामा हेरेर समाजशास्त्र बुझिँदैन।”

नेपाल साप्ताहिक